राप्रपा प्रजातान्त्रिक कसैको भजन मण्डली हुनसक्दैन 

२०७५ भदौ ८ शुक्रबार १२:३५:०० मा प्रकाशित

पार्टीमा एजेण्डा भएन भन्ने मित्रहरू यो बुझ्नु जरुरी छ। ‘सम्बध्र्दनबादी उदारवाद’ नै राप्रपा प्रजातान्त्रिकको मूल एजेण्डा हो। सम्बध्र्दनबादी उदारबादभित्र नै सबैले सबैको अस्तित्व र सम्मानको रक्षा गर्दै मजबुत राजनीतिक सहयात्रामा सहभागी हुने अवसर प्राप्त हुने छ। वर्तमान नेपालको राजनीतिलाई सन्तुलित रुपमा अगाडि बढाउनको लागि नै राप्रपा प्रजातान्त्रिकले रणनैतिक हिसाबले ‘सम्बध्र्दनबादी उदारबाद’ को राजनीतिक दर्शनलाई अगाडि बढाएको हो।

निरन्तरता सहितको सकारात्मक परिवर्तन नै सम्बध्र्दनबादी उदारबादको मूल अर्थ हो। बहुलबादी लोकतन्त्र,मानव अधिकार,ब्यक्तिको बयक्तिक स्वतन्त्रता, आवधिक निर्वाचन र प्रेस स्वतन्त्रताको ग्यारेन्टी उदारवादले गर्दछ।

अमेरिका,भारत,फ्रान्स,सिङ्गापुर,चीन,अर्जेन्टिन,ब्राजिल लगायत विश्वका अधिकांश मुलुक राजनीतिक र आर्थिक उदारवाद कै कारण आज बिकसित,समृद्ध र शक्ति राष्ट्र बन्न सफल भएका छन्।

 विश्वव्यापी रुपमा स्थापित यो राजनीतिक सिध्दान्तलाई राप्रपा प्रजातान्त्रिकले अवलम्बन गरेको हो। राप्रपा प्रजातान्त्रिक अब सम्बध्र्दनबादी उदारबाद भन्दा तल,माथि र दायाँबायाँ गरेर अगाडि बढ्न सक्दैन। यसमा तलमाथि गर्न खोज्नु भनेको पार्टीलाई कमजोर र दिसाहीन बनाउन खोज्नु मात्र हो। राप्रपा प्रजातान्त्रिक कुनै एक ब्यक्ति र परिवारको भजन मण्डली हुन सक्दैन भन्ने मेरो बुझाइ र विश्लेषण हो।

  राप्रपा प्रजातान्त्रिक संविधान निर्माणमा सहभागी पार्टीको निरन्तर राजनीतिक दल हो। संविधान निर्माणमा हाम्रा सांसदहरुको सकृय र ऐतिहासिक सहभागिता रहेको छ। राप्रपा प्रजातान्त्रिक संविधान र संवैधानिक प्रक्रियासँग सहकार्य गर्ने पार्टी हो। धर्म निरपेक्षताबाहेक राप्रपा प्रजातान्त्रिकले नेपालको संविधानलाई आत्मसात् गरेको छ। संविधानप्रति प्रतिबद्ध छ। मुलुक,जनता र संविधान नै राप्रपा प्रजातान्त्रिक बटम लाइन र आदर्श हो।
राप्रपा प्रजातान्त्रिक सत्तामा छँदा एउटा कुरा र व्यवहार  सत्ताबाहिर हुँदा अर्कै कुरा र ब्यवहार गर्न जान्दैन। 


राप्रपा प्रजातान्त्रिकले बिचार र सिद्धान्त मिल्ने सबै राजनीतिक दल र ब्यक्तिसँग एकता,मेलमिलाप र सहकार्य गर्ने नीतिलाई सदा खुला राखेको छ।
राप्रपा प्रजातान्त्रिकले सम्बध्र्दनबादी उदारबादलाई सैध्दान्तिक रुपमा आत्मसात् गरेको छ। राप्रपा प्रजातान्त्रिक संविधान सभामा संघीय लोकतान्त्रिक गणतन्त्रमा मतदान गरेको,संविधान निर्माणमा सकारात्मक र सक्रिय भूमिका निर्बाह गरेको राजनीतिक दल हो।  
 यतिबेला पार्टीभित्र बिचार र एजेन्डा स्पष्ट गर्नुर्यो भन्ने मित्रहरुले यो बुझ्नु जरुरी छ।

   स्पस्ट एजेन्डा सम्बध्र्दनबादी उदारबाद 

राप्रपा प्रतान्त्रिकको प्रमुख एजेन्डा भनेको सम्बध्र्दनबादी (अयलकभचखबतष्खभ  ष्दिचबष्किगm) हो। सबैलाई समेटेर निरन्तरता सहितको सकारात्मक परिवर्तन नै यसको बिशेषता हो।  गत वैशाख २५ गते बसेको केन्द्रिय कार्य समितिको बैठकले सम्बध्र्दनबादी उदारबादको स्पष्ट सिध्दान्त नीति,कार्यक्रम र दृष्टिकोण राजनीतिक प्रतिबेदनका रुपमा पारित गरिसकेको छ। यद्यपि पार्टी महाधिवेशनले मात्र नीति,सिद्धान्त र दृष्टिकोण निक्र्योल गर्न सक्दछ। 

मुलुक,जनता र संविधान नै राप्रपा प्रजातान्त्रिक बटम लाइन र आदर्श हो । संघीय लोकतान्त्रिक गणतन्त्र बर्तमान नेपालको भूधरातलिय यथार्थता  हो ।नेपालको संविधान २०७२ र यहि यथार्थलाई आत्मसात् गर्दै अगाडि बढ्नु बाहेक राप्रपा प्रजातान्त्रिक सङग अर्को विकल्प छैन। यो पार्टी नेपालको संविधान र राजनीतिक दल दर्ता येन २०७४ बमोजिम सर्बोच्च अदालतको अन्तरिम आदेश बमोजिम  केन्द्रीय सदस्यहरुको सस्थागत बलमा निर्वाचन आयोगद्वारा दर्ता गरिएको राजनीतिक दल हो।  

राप्रपा प्रजातान्त्रिकले आफ्नो बिचार,सिद्धान्त र एजेन्डा त्यति बेला नै तय गरि संविधानसम्मत रुपमा निर्बाचन आयोगमा स्वीकृत गराइसकेको तत्थ्य सबै नेता कार्यकर्ताहरुलाई अवगत नै छ। पार्टी दर्ता सम्बन्धी अन्तिम फैसला सर्बोच्च अदालतबाट आइसकेको छैन। यतिबेला बिचार स्पष्टताको नाममा पार्टीभित्र गणतन्त्र र राजतन्त्रको बहस चल्नु अब  आत्मघाती र अस्वाभाविक देखिन्छ। एकता महाधिबेशनपछि निर्वाचन आयोगले नेपालको संविधान बमोजिम  राप्रपाको बिधान बाट समेत ‘राजसंस्था र हिन्दू राष्ट्र’ हटाएर मात्र दल दर्ता गरेको दृष्टान्त हाम्रो सामु आजसम्म सप्रमाण छ।

आयोगसँग बुझ्दा यो निर्णय नेपालको संविधान २०७२ अनुसार अब  सबै दलको लागि समान र अनिवार्य रुपमा लागू हुने छ। यस्तो परिस्थितिमा राप्रपा प्रजातान्त्रिकका सबै तहका नेता र  कार्यकर्ताहरुले लेख्ने बोल्ने स्वतन्त्रताको अधिकतम सदुपयोग गरेता पनि संविधान र गणतन्त्रलाई आत्मसात् गरेर अगाडि बढ्नुको विकल्प देखिँदैन।    (लेखक,राप्रपा प्रजातान्त्रिकका सह प्रवक्ता हुन्।)
 

ताजा खबर