नेपाली फिल्ममा कम्मर मर्काउँदै सन्नी लियोनी

२०७५ भदौ ८ शुक्रबार १२:३१:०० मा प्रकाशित

काठमाडौं, ८ भदौ । क्यानडामा जन्मेकी बलिवुड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’ मा आइटम डान्स गर्ने भएकी छिन् ।

निर्देशक साम्राट बस्नेतले निर्देशन गर्ने उक्त फिल्मको अधिकांश भाग बेलायतमा शुटिङ गरिने जानकारी प्रेस विज्ञप्ती मार्फत् दिइएको छ । नेपालमा पनि केहि भाग शुटिङ गरिने यस फिल्म सन्नीको आइटम डान्स बाहेक पनि छोटोे तर आकर्षक भुमिका हुने जानकारी पनि दिइएको छ ।

सन्नी लियोनी हाल बलिवुडमा फिल्म तथा विज्ञापनमा मज्जाले जमेकी छिन् । केहि समयअघि पोर्नस्टारको रुपमा चर्चित सन्नी अहिले ‘आइटम डान्स’ मा विशेष रुपमा परिचित छिन् ।

प्रविण खतिवडा तथा अनुप बिक्रम शहीको भुमिकामा हुने यस फिल्म नेपाली कताकृत्तिको बेलायतमा तस्कर विषयमा केन्द्रित हुने बताइएको छ । प्रविण र अनुपका अलावा यस फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, परी राणा, विक्रम बस्नते, छुल्तीन गुरुङ र लिसा सुनुवार हुनेछन् ।  

ताजा खबर