डोमेस्टिक टर्मिनलमा ‘फ्रि वाईफाई’

२०७५ भदौ ७ बिहीबार ११:४३:०० मा प्रकाशित


काठमाडौं, ७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा अब देखि वाईफाई निःशुल्क भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिए अनुसार उक्त सुविधा गत सोमबार देखि नै सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाईफाईको सेवाले यात्रुलाई सुविधा हुने विश्वास व्यक्त गरेका छन् ।

मन्त्रालयले वल्र्डलिंकसँगको सहकार्यमा वाईफाई सेवा वितरण गरेको हो । यहि सेवा अन्तर्राष्ट्रिय टर्मिनलमा पनि आगामी सोमबार देखि सुरु गरिने बताइएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित बैठकमा मुलुकका सबै एयरपोर्टमा निःशुल्क वाईफाई सेवा दिने निर्णय भएको थियो ।

 

ताजा खबर