दोहामा ग्राउन्डेड जहाज आज काठमाडौं आइपुग्यो

२०७५ भदौ ५ मंगलबार ११:४७:०० मा प्रकाशित

काठमाडौं, ५ भदौ । गत साउन २५ गते देखि दोहामा ग्राउन्डेड भएको नेपाल एयरलायन्सको ९एन–एकेडब्लु कल साइन भएको ए३२० सिरिजको जहाज आजदेखि संचालनमा आएको छ ।

आरए२४० नम्बरको उक्त जहाजले आज यात्रु लिएर दोहाको हमाद अन्तर्राष्ट्रिय एयरपोर्टबाट काठमाडौं एयरपोर्ट आइसकेको छ ।

सुरुमा इन्जिनमा सामान्य समस्या भएको अनुमान गरिएपनि मर्मतको क्रममा केहि पाटपुर्जा फेर्नुपर्ने भएको लामो समयसम्म उक्त जहाज दोहामै थन्किएको थियो । इन्जिन निर्माता कम्पनी पि. एण्ड डब्लु. ले मर्मत कार्य सम्पन्न गरेपछि १२ औं दिनमा बल्ल उक्त जहाजले उडान स्वीकृती पाएको छ ।

दुईवटै वाइडवडी जहाज आइसकेपनि दोश्रो जहाज ‘मकालु’ हाल सम्म संचालन नभएकोले यसरी जहाज ग्राउन्डेड हुँदा यात्रुलाई मर्का परेको थियो ।

नेपाल एयरलायन्सले ‘मकालु’ को उडान सेप्टेम्बर १ देखि बैंककबाट सुरु गर्ने जानकारी पनि दिएको छ ।

ताजा खबर