सौर्य एयरलायन्सको फ्लाइट पुनः संचालन हुँदै

२०७५ भदौ ५ मंगलबार ११:०९:०० मा प्रकाशित


काठमाडौं, ५ भदौ । आर्थिक समस्याका कारण लामो समयदेखि बन्द रहेको सौर्य एयरलायन्सको केहि फ्लाइट बुधबार देखि पुनः संचालन हुने भएको छ ।

सौर्य एयरलायन्सले फेसबुक पेज मार्फत् भैरहवा र विराटनगरको फ्लाइट संचालनको तालिका सार्वजनिक गरेको छ ।

यसअघि सौर्यले काठमाडौंबाट माउन्टेन फ्लाइट, विराटनगर, भद्रपुर, भैरहवा र नेपालगञ्ज र धनगढीमा नियमित उडान गरिरहेको थियो ।

पछिल्लो समयमा आर्थिक अवस्था बिग्रदै गएपछि पुरानो व्यवस्थापनले सौर्यलाई बिक्रि गर्ने प्रक्रिया थालेको थियो । लामो वार्तापछि गैरआवासीय नेपाली (एनआरएन) श्याम अधिकारीसहितको समूहले ६७ करोड रुपैयाँमा सौर्य एयरको व्यवस्थापन जिम्मा लिइ सौर्य एयर सञ्चालन गर्ने टुङ्गो लागेको थियो ।

सौर्यका वर्तमान अध्यक्ष दीपक पोखरेलले बिक्रि गरेको सौर्यको नयाँ समूहले बैङ्कको ५५ करोड र गैरबैङ्किङ दायित्व १२ करोड सकारेको थियो ।
सौर्यको नयाँ व्यवस्थापनले दशैं अगाडि नै थप २ वटा जहाज ल्याएर कुल ४ वटा जहाजले आन्तरिक तथा भारतका विभिन्न शहरमा उडान भर्ने लक्ष्य लिएको छ ।

 

ताजा खबर