मतदाता शिक्षामा ७५ करोड स्वाहा, नतिजा भने सन्तोषजनक भएन

२०७४ श्रावण ५ बिहीबार ०७:३०:०० मा प्रकाशित

स्थानीय तह दोस्रो चुनाव भएको तीन साता हुनलाग्दा पनि निर्वाचन अयोगनले कति मत बदर भयो भनेर सार्वजनिक गर्न आलटाल गर्दे आएको छ ।

मतदाता शिक्षामा करौडौं रुपैयाँ खर्च गरे पनि बदर मतको परिणाम उच्च उच्च रहेका कारण आयोग मौन बसेको हो।

निर्वाचन अधिकारीका अनुसार पहिलो चरणमा जस्तै दोस्रो चुनावमा पनि बदर मतको संख्या  उच्च छ ।

विराटनगर महानागरिपालिकामा २१ प्रतिशत मत बदर भएको छ ।८० हजा ४ सय ७७ मत खसेको विराटनगरमा ६१ हजार २ सय ७० मत मात्र सदर भएको छ।त्यस्तै कपिलबस्तुमा १७.११ प्रतिशत, कृष्णनगरमा २२.६२ प्रतिशत मत बदर भयो। पहिलो चरणको चुनावमा ललितपुरमा अधिकतम् १७ प्रतिशत मत बदर भएको थियो।

स्थानीय चुनावमा गाउँभन्दा नगर क्षेत्रमा बढी मत बदर भएको छ।

मतदाता सूचना केन्द्रका प्रमुख सूर्य अर्यालका अनुसार  ७५ करोड रूपैयाँ मतदाता शिक्षाका लागि छुट्टाइएको थियो। नागरिक दैनिकबाट ।

ताजा खबर