दोहामा ग्राउन्डेड जहाज बन्न अझै समय लाग्ने

२०७५ श्रावण २८ सोमबार १३:१०:०० मा प्रकाशित


काठमाडौं । गत शनिबार दोहाबाट काठमाडौंको लागि उडान भर्ने बेला समस्या देखिएको नेपाल एयरलायन्सको न्यारो बडि एयर बस बन्न अझै ५–६ दिन लाग्ने नेपाल एयरलायन्सले जनाएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै सोमबार बनिसक्ने भनिएपनि इन्जिन निर्माता कम्पनी पि.एम.डब्लू. ले गरेको सिफारिस अनुसार केहि पार्टपूर्जा फेरेर मर्मत गर्न अझै ५–६ दिन लाग्ने भन्ने जानकारी दिएको छ ।

यहि जहाज केहि समय अघि भारतको राजधानी नयाँ दिल्ली १५ दिन ग्राउन्डेड भएको थियो ।

नेपाल एयरलायन्सको नयाँ वाइडवडी मकालु आगामी भदौ १६ देखि मात्र व्यवसायिक उडान गर्ने तयारी रहेकोले हाल नेपाल एयरलायन्सको अन्य गन्तव्यमा पनि यस जहाज ग्राउन्डेड हुनुको असर परिरहेको छ ।

हाल एउटा वाइडवडी, २ वटा न्यारोबडि र एउटा बोइङमार्फत् अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपाल एयरलायन्सले रियाद, सोल र टोकियोमा उडान भर्ने बताए पनि हालसम्म उक्त योजना कार्यान्वयन गर्न सकिरहेकोे छैन ।

 

ताजा खबर