सिजन मिडियाको दशक र सम्मान

२०७५ श्रावण २१ सोमबार १६:०१:०० मा प्रकाशित

काठमाडौं । पूर्व मिस नेपाल शुभेच्क्षा खड्का, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्य, , रंगपत्रकार डब्बु क्षत्री लगायत करिब दर्जन ब्यक्ति एकसाथ सम्मानित भएका छन् । 

सिजन मिडियाले आफ्नो १० औं बार्षिक उत्सवको अवसर पारेर आइतबार राजधानीको सिडब्लु रेष्टुरेन्ट दरबारमार्गमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो । 

कार्यक्रममा शुभेच्क्षा खड्का, रोजीन शाक्य, मिस इन्डिया सव कन्टीनेन्ट उप–विजेता नीतिका कर्मचार्य, मिस वल्र्ड डाइभरसीटी विजेता युनीता कर्मचार्य, समाजसेवी तथा मिस इकलेज २०१३ उप विजेता नेहा पोखरेल लाई ‘सिजन मिडिया मनोरञ्जन र सौदर्य सम्मान २०१८’ प्रदान गरियो । 
रंगपत्रकार डब्बु क्षत्री र कुबेर गिरीलाई ‘सिजन मिडिया मनोरञ्जन र सौदर्य पत्रकारिता सम्मान २०१८’ द्वारा सम्मानित हुँदा ह्वाइहाउस इन्टरनेशनल कलेजका प्रिन्सीपल युवराज शर्मा, अक्षरा स्कुलकी प्रिन्सीपल अन्जु भट्टराई, नेपाल प्रहरी स्कुल साँगाका प्रिन्सीपल नवीनमान श्रेष्ठ , शुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ  ‘सिजन मिडिया शिक्षा सम्मान २०१८’ सम्मानित भए ।
 
सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले १० वर्षको कार्यक्रम मनाउन पाउँदा खुसी लागेको बताए ।  

सिजन मिडया मार्फत स्कुल तथा कलेजमा अध्ययनरत छात्र छात्राहरुलाई लक्षित गरि शिक्षा, मनोरन्जन, खेलकुद र सौन्दर्यको माध्यमबाट उनीहरुको  व्यक्तिव विकास, भाषण कला, नेतृत्वदायी क्षमताको विकास, अनुसासन ,आन्तरीक कला प्रर्दशन र उच्च शिक्षामा सहयोगीको भुमिका खेल्दै वार्षिक रुपमा ६ ओटा सौन्दर्य प्रतियोगीता र अन्य मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ। 


 

ताजा खबर