सन्नीको नग्न तस्बिर बेच्थे उनका भाइ

२०७५ श्रावण १७ बिहीबार १४:१८:०० मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनी को हुन् र उनी कस्तो पेशाव्यवसायमा व्यस्त छिन् भन्ने कुरा थाहा नपाउने कमै होलान्। पोर्नस्टारको परिचयबाट चर्चित बनेकी सन्नी अहिले बलिउडकी हट नायिका भनेर ख्याती कमाईरहेकी छिन्। 

सन्नीले अभिनय गरेका केहि चलचित्र हिट नभएका पनि होइनन्। तर अझै पनि उनको पोर्नस्टार छाप भने मेटिन सकेको छैन। अहिले सन्नीको वायोपिक चलचित्र निर्माण नै भएको छ। ‘करनजित कौर– द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ नाम दिईएको चलचित्रबाट उनको बारेमा सबै सूचना थाहा पाउन सकिनेछ। अहिले यो विषय बलिउडमा निकै चर्चामा छ। धेरै फ्यानहरूलाई उनको पृष्ठभूमिका विषयमा जान्न मन छ त्यसैले पनि उनको वायोपिक चलचित्रको पर्खाइमा छन् दर्शक। 

सन्नीको चलचित्रको प्रदर्शन नजिकिँदै गर्दा उनको जीवनमा विषयकाबारेमा एकपछिअर्को गर्दै खुलासा पनि भइरहेका छन्। चलचित्रको ट्रेलर सार्वजनिक भइसकेपछि दर्शकमाझ अझ बढी कौतुहल थपिएको छ। ट्रेलरमा उनको बलिउड करिअर, बाल्यकाल, पारिवारिक स्थिति, पोर्नस्टार दृश्यहरू हाइलाइट गरिएको छ।

सन्नीको विषयमा धेरैलाई थाहा नभएको अर्को कुरा भनेको उनका भाइको विषय हो। उनी भाइ सन्दीप बोहरासँग निकै नजिक छिन्। सन्नीको जीवनको हरेक कठिन स्थितिमा उनका भाइ सन्दीप बोहराले साथ दिन्थे भनिन्छ। सन्दीप एकमात्र त्यस्ता पारिवारिक व्यक्ति थिए, जसले यो जानकारी पाएका थिए कि सन्नी आफ्नो नग्न फोटोशूट गराउँदै छिन्। 

जब सन्नी लियोनी २०१३ मा पेन्टहाउस पेट अफ द इयर छनोट भइन् तब उनको अमेरिकामा धेरै फ्यान बढे। यस्तो अवस्थामा अमेरिकामा उनको अटोग्राफ तस्बीर कसैको साथ हुनु ठूलो कुरा थियो तर सन्नीको भाइका लागि यो सजिलो र सामान्य कुरा थियो। उनले सन्नीको तस्बीरमा अटोग्राफ लिन्थे र त्यस तस्बीरलाई आफ्नो साथीलाई १० देखी १५ डलरमा बेच्थे। सन्नी लियोनीको बोल्ड तस्बीरबाट उनले पैसा कमाउँथे। 

सन्दीपलाई दिदी सन्नी पोर्न स्टार बन्दैछिन् भन्ने जानकारी थियो। यति मात्र नभई ‘करनजित कौर नाम हटाएर सन्नी लियोनी नाम सन्दीपले नै राखेका थिए। सन्नी पेन्टहाउस म्यागेजिनको लागि आफ्नो नग्न फोटोशूट गर्दै थिइन्। उक्त समय उनका भाई त्यहाँ उपस्थित थिए। हाल सन्दीप अमेरिकाको कुनै होटलमा सेफ छन् । (एजेन्सीको सहयोगमा) 
 

ताजा खबर