वाइडवडीको पहिलो फ्लाइटमा २७१ जना यात्रु

२०७५ श्रावण १७ बिहीबार ११:५६:०० मा प्रकाशित


काठमाडौं, १७ साउन । नेपाल एयरलायन्सको वाइडवडी जहाज ‘अन्नपूर्ण’ ले गरेको पहिलो व्यवसायिक उडानमा ९९ प्रतिशत यात्रु सहित उडान भरेको छ ।

बुधबार राती ९ः२५ मा कतारको राजधानी दोहाको लागि उडेको उक्त जहाजले कुल सिट क्षमता २७४ रहेकोमा २७१ यात्रु लिएर व्यवसायिक उडान भरेको हो । उक्त जहाज ४ घण्टा २२ मिनेट उडेर स्थानीय समय अनुसार राती १२ः०५ मा दोहामा ल्याण्ड भएको थियो ।

वाइडवडी जहाजमा २५८ इकोनोमी र १६ वटा बिजनेश क्लासको सिट रहेको छ ।

त्यस्तैगरी सोही जहाज नेपाल फर्किने क्रममा पनि २७० यात्रु लिएर फर्केको नेपाल एयरलायन्सले जानकारी दिएको छ । स्थानिय समयअनुसार राती १ः४० मा उडेको उक्त जहाजले ४ घण्टा २३ मिनेटको यात्रा तय गरेर आज बिहान ९ः१५ मा काठमाडौं ल्याण्ड पनि भइसकेको छ ।

नयाँ वाइडवडी जहाज आएपछि दोहामा दैनिक उडान भर्ने योजना सार्वजनिक गरेसँगै उक्त क्षेत्रको टिकमा भारी छुट पनि दिएको थियो । नेपाली कामदारहरु ठुलो संख्यामा रहेको कतारबाट नेपालबाट आउने जाने गर्ने हुँदा ‘यस अफर’ बाट ति कामदारहरु लाभान्वित भएका छन् ।

पहिलो वाइडवडीको सफल व्यवसायिक उडान पश्चात दोश्रो जहाजको व्यवसायिक उडान पनि छिट्टै गर्ने नेपाल एयरलायन्सले जनाएको छ ।

ताजा खबर