प्यालेस्टाइनी कवी डारीन टाटोर जेल चलान 

२०७५ श्रावण १७ बिहीबार ०७:५०:०० मा प्रकाशित

प्यालेस्टाइनी कवी डारीन टाटोरलाई इजरायलमा पाँच महिनाका लागि जेल चलान गरिएको छ । इजरायली नागरिक डारीनलाई मंगलबार नजरेथ जिल्ला अदालतले सजायँ सुनाएको हो । उनलाई गत मइमा सामाजिक सञ्जालमा हिंसा भडकाउने तथा आतंकवादी संगठनलाई सहयोग पुग्ने सामग्री प्रसार गरेकोमा दोषी ठहराइएको थियो ।
सजायँप्रति टाटोरले अनौठो मानेकी छैन । ‘मैले जेल सजायँ हुन्छ भन्ने नै ठानेकी  थिए, त्यही भयो । मैले न्याय पाउँछु भन्ने अपेक्षा नै गरेकी थिएन । यो राजनीतिक अभियोग हो, किन भने म प्यालेस्टाइन हुँ,’ उनले भनिन । 
३६ वर्षीया टाटोर सामाजिक सञ्जालमा कविता पोस्टमा कविता पोस्ट गरेको आरोपमा अक्टोबर २०१५ पनि अन्य कवीसँगै पक्राउ परेकी थिइन । टाटोर भन्छिन, ‘पुरै विश्वले मेरो कथा सुनेको छ । पुरै विश्वलाई थाहा छ इजरायलको प्रजातन्त्र के हो भनेर । यहाँको लोकतन्त्र यहुदीहरुका लागि मात्र हो, अदालतले मलाई आतंकवादी गतिविधिमा दोषी ठहर गरेको छ । यदी यो नै मेरो आतंकवाद हो भने म संसारलाई आतंकवादको प्रेम दिन चाहन्छु ।’

ताजा खबर