‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बजारमा

२०७५ श्रावण १६ बुधबार १०:५७:०० मा प्रकाशित

काठमाडौं । नाम चलेको चलचित्र ‘छक्का पञ्जा’ को तेस्रो शृंखलाको पहिलो गीत बजारमा ल्याईएको छ । दीपक शर्माको संगीत रहेको सार्वजनिक ‘पहिलो नम्बरमा’ बोलको गीत राजेन्द्र थापाले लेखेको रचना हो। डेभिड शंकर र विन्दु परियारले यसमा स्वर दिएका छन्।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा) र संजोग कोइरालाको नृत्य छ।

गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले संयूक्त रुपमा छायांकन गरेका छन्। यस सिरिजका ‘पूर्व पश्चिम रेल’, ‘देखन चम्पा’, ‘ए दाजु’, ‘म यता किनारामा’ गीत लोकप्रिय मानिएका छन् ।

दीपाश्री निरौला निर्दे्शित ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत पनि पहिलाको झैँ लोक लयमा तयार पारिएको छ  

यो फिल्ममा दीपकराजको जोडी अभिनेत्री दीपिका प्रसाईँसँग बाँधिएको छ। ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको अर्कै भूमिका रहेको छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला अतिथि कलाकार छन् । अभिनेत्री बर्षा राउत यसपटक सार्वजनिक गीतमा मात्र स्थान पाएकी छिन् ।

यो फिल्म आउँदो दशैंमा रिलिज हुने निर्माताले बताएका छन् छन् ।
 

ताजा खबर