जोशीको नियतमै प्रश्न छ

२०७५ श्रावण १५ मंगलबार १३:०३:०० मा प्रकाशित

पराजुलीको उमेर विवाद    

सर्बोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर सम्वन्धी विवाद एउटा प्राविधिक सवाल थियो!

त्यतिखेर एसएलसीको फाराम भर्ने बेलामा जन्म मिति अंग्रेजीमा लेख्ने चलन थियो र नागरिकताको प्रमाण पत्रमा प्रमाण पत्र लिने समयको उमेर यति बर्षको भनेर लेखिन्थ्यो!

पछि नागरिकतामा जन्म मिति लेख्ने नियम बस्यो! 

एसएलसीको अंग्रेजीमा लेखिएको जन्म मितिलाई नेपाली मितिमा रुपान्तर गर्ने सजिलो विधि अधिकांश सरोकारवाला लाई थाहा हुने कुरो भएने!  
नागरिकता लिन एक दुई दिनको बाटो हिँडेर सदरमुकाम जानुपर्ने किशोर किशोरीहरूले अनुमान गरेर जन्म मिति लेखिदिने अनि हतार हतार घर फर्किने अभ्यासमा धेरैका जन्म मिति त्यति खेर फरक परेका हुन्थे!

त्यस्तो धेरै देखेको, भोगेको हुनाले मैले गोपाल पराजुलीको जन्म मिति विवादलाई नैतिक सवाल मानिन। त्यो एउटा प्राविधिक सवाल मात्र थियो! त्यसलाई विवादको ठूलो विषय बनाइयो भन्नेमा म विश्वस्त छु!

 

उनी विरुद्ध षड्यन्त्र भयो र त्यो षड्यन्त्रमा र उनलाई जवर्जस्ती पदत्याग गराउनमा जोशीजी पनि संलग्न देखिनुभयो!
पराजुलीको स्थानको लोभ पाप पनि थियो कि? 

कि उनै कि भगवान जानुन!

दीपकराज जोशीको शैक्षिक योग्यताको विवाद

 
सर्बोच्च अदालतका कार्यबाहक प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक योग्यताको विवाद पराजुलीको भन्दा गम्भीर छ!

पराजुलीको हकमा त्यो स्वाभाविक प्राविधिक त्रुटी मात्रै मान्न सकिन्थ्यो!

जोशीजीको हकमा नियत र नैतिकताको सवाल पनि बनेको छ!

त्यो गम्भीर छानवीनको विषय हुनु पर्दछ!

मुलुकको प्रधानन्यायाधीशलाई सारा विश्वले देख्ने र बुझ्ने गरी संसदले न्याय दिन सक्नु पर्दछ!

दुधको दुध र पानीको पानी छुट्टिनु पर्दछ!

दलीय आधारमा नियुक्ति भए होलान् तर अव उक्त सवालमा संसद दलीय आधारमा पक्ष र विपक्ष देखिनु हुन्न!

 

ऐनाको घरमा बस्नेले अर्कोलाई ढुंगा हान्न भने हुन्न थ्यो भन्ने कुरो चाँही जोशीजीले अव बुझ्नु भयो कि?

संसदमा सभामुख र उपसभामुख विवाद !

 
संसदमा सभामुख र उपसभामुख सम्वन्धी विवाद छ!

संविधानको अक्षर अनुसार नेकपाको पोजिसन बेठीक देखिन्न!

आशय हेर्ने हो भने काङ्ग्रेसको दावी ठिक छ!
 
सवाल आज सभामुख र उपसभामुख कुनै दलका हुन् होइनन भन्ने होइन!

हिजोका सभामुखहरू रामचन्द्र पौडेल, ओनसरी घर्ती मगर र सुवास नेम्वाङ आज कुनै दलमा छन् कि छैनन्?

सभामुख हुँदा पौडेल, घर्ती र नेम्वाङले आफ्नो अन्तरात्मालाई नढाँटी पुरै निष्पक्ष र स्वतन्त्र हैसियतमा रहन सकेका थिए?

रहेका भए सभामुखबाट हट्ने बित्तिकै पौडेल र नेम्वाङले ती पद र भूमिका पाउँथे?

त्यसैले नेकपावालाहरू यो सवालमा संविधानको आशय र मर्मलाई ढाँटि रहेका छन् !

यो राजनीतिक नैतिकता होइन !

यस्तो काइते तर्क गरेर बस्ने होइन !

त्यत्रो त्यत्रो ओहदा र जिम्मेवारीमा बस्ने ?  ‘ले पनि नपत्याउने नकच्चरो कुरा गर्ने ? नेकपाले कुनै एकलाई पदत्याग गराउनै पर्दछ ! 

होइन जे पनि गर्ने भए त के लाग्यो र !

(केशबप्रसाद भट्टराईको फेसबूकवालबाट)

ताजा खबर