यसकारण साउन १५ मा खिर खानुपर्ने मान्यता

२०७५ श्रावण १५ मंगलबार ११:३६:०० मा प्रकाशित

 

काठमाडौं, १५ साउन । साउन १ बाट सुरु हुने चाडपर्वको निरन्तरता आजको दिन अर्थात् साउन १५ हो । आजको दिनमा विशेष गरी घर–घरमा खिर खाइ यो पर्व मनाइने गरिएको छ ।

चामललाई घ्यूमा मोलेर दुधमा पकाइ सख्खर तथा चिनी हारेर स्वादिष्ट बनाइ खिर पकाउने चलन रहेको छ ।

यसमा प्रयोग गर्ने चामल टाइचीन अथवा अन्य बासनादार हुँदा खिर थप स्वादिष्ट हुन्छ । नेपाली संस्कृतिमा खिरको ठुलो महत्व रहेको छ ।
खिरको प्रयोग विभिन्न पुजा तथा अनुष्ठान, श्राद्ध, बिहे, व्रतबन्ध जस्ता विभिन्न धार्मिक तथा साँस्कृतिक अवसरमा हुने गरेको छ ।

असारमा भिजेको तथा थकित शरिरलाई उर्जा प्रदान गर्ने उद्देश्यले पनि साउन १५ मा खिर खाने चलन चलिआएको छ । खिरमा मरिच, किसमिस, सुकेको नरिवल, दालचिनी, काजु र शुकमेल राखेर तयार गरिएको खिरले शरिरको असन्तुलित तापमानलाई सन्तुलनमा ल्याउने जन–विश्वास रहेको छ ।

त्यसो त शरिरको आवश्यकता मात्र होइन साउन महिनामा प्रशस्त पानी पर्ने भएकाले हरिया घाँसहरु पनि प्रशस्त पाइने हुँदा गाई भैंसीहरुले मनग्य दूध दिने गर्दछन् । यसरी दुध प्रशस्त हुँदा खिर बनाइ खाइने चलन पनि चल्दै आएको छ । त्यस्तै यस महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा पनि रहेको छ ।

ताजा खबर