मनै लोभ्याउने कैलाश मानसरोवर यात्रा

२०७५ श्रावण १० बिहीबार १२:४२:०० मा प्रकाशित

हालैका वर्षमा पश्चिम नेपालको हुम्ला हुँदै चीनको तिब्बतस्थित कैलाश मानसरोवरको भ्रमण गर्ने पर्यटकहरूको संख्या ह्वात्तै बढेको छ। उक्त यात्राका क्रममा निक्कै मनमोहक दृश्यहरू देखिन्छन्।

चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ पर्यटकले भ्रमण गर्ने गरेका छन्।

  • कैलाश मानसरोवरBBC

    नेपालको बाटो हुँदै अघिल्लो वर्ष १२ हजार पर्यटकले कैलाश मानसरोवरको भ्रमण गरेका थिए। यो वर्ष ६ हजारले त्यहाँको भ्रमण गरिसकेको बताइन्छ।

  • कैलाश मानसरोवरBBC

    उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले कैलाश मानसरोवरको पदयात्रालाई चुनौतीपूर्ण समेत भन्ने गरिन्छ।

  • कैलाश मानसरोवरBBC

    हिन्दू धर्ममा शिवको वासस्थान भनिने कैलाश समुन्द्र सतहबाट ६ हजार ६ सय ३८ मिटर उचाइमा रहेको छ।

  • कैलाश मानसरोवरBBC

    विभिन्न हिन्दू धर्म ग्रन्थमा कैलाश मानसरोवरको चर्चा गरिएको छ। कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

  • कैलाश मानसरोवरBBC

    कैलाश मानसरोवर यात्राका लागि मुख्यतया तीनवटा मार्ग बढी प्रयोग गरिन्छन्। एउटा चल्तीको रूट पश्चिम नेपालबाट शुरू हुन्छ।

  • कैलाश मानसरोवरBBC

    नेपाल हुँदै कैलाश मानसरोवर जान भारतीय पर्यटकहरूले भारु १ लाख ६० हजार र पश्चिमा देशका पर्यटकहरूले ३ हजार ५ सय डलरसम्म तिर्ने गरेका छन्।

  • कैलाश मानसरोवरBBC

    वैशाखदेखि असार कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ। असोज महिनासम्म पनि त्यहाँ जाने पर्यटकहरूको चहलपहल देखिन्छ।

  • कैलाश मानसरोवारBBC

    कैलाश मानसरोवर पुग्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास कैयौँ तीर्थयात्रीमा पाइन्छ। मानसरोवरमा स्नान गर्ने र कैलाशको परिक्रमा गर्ने उद्देश्य यस्ता धर्मावलम्बीहरूको हुने गर्छ।

  • कैलाश मानसरोवरBBC

    कैलाश मानसरोवर जाने अधिकांश पर्यटक भारतीय छन्। उनीहरू काठमाण्डूबाट शुरूमा नेपालगञ्ज पुग्छन् र प्राय: एक रात बिताउँछन्।

  • कैलाश मानसरोवरBBC

    नेपालगञ्जबाट ४५ मिनेटको हवाई यात्रापछि उनीहरू हुम्लाको सिमिकोट पुग्छन् जहाँ उनीहरूलाई सानो हेलिकप्टरहरूले पर्खिरहेका हुन्छन्।

  • कैलाश मानसरोवरBBC

    सिमिकोटबाट उनीहरू सीमावर्ती हिल्सा पुग्छन् जहाँबाट उनीहरू मोटरबाटोबाट ताक्लाकोटतर्फ लाग्छन्। त्यहाँबाट कैलाश मानसरोवरको वास्तविक यात्रा शुरू हुन्छ।

  • कैलाश मानसरोवरBBC

    चीनको तिब्बतमा पर्ने ताक्लाकोटबाट कैलाश मानसरोवर पुगेर पुन: त्यहाँ फर्कदा पर्यटकरूले एक हप्ता लामो मन लोभ्याउने एउटा भ्रमण पुरा गरिसकेका हुन्छन्।

 (बीबीसी नेपाली सेवामा कृष्ण अधिकारीको रिपोर्ट,सबै तस्वीरहरूः कृष्ण अधिकारी )

ताजा खबर