आफ्नै कद घटाउँदै ओली र प्रचण्ड 

२०७५ श्रावण १० बिहीबार ११:०८:०० मा प्रकाशित

प्रत्येक बर्ष श्रावण महिनाको ६ र ७ गतेले नेपालमा विशेष महत्व पाउने गर्दछ। यी दुई दिन क्रमशः बीपी र पुष्पलालका स्मृति दिवस पर्नाले त्यस्तो भएको हो। अघिल्लो दिनलाई नेपाली कांग्रेस समर्थकले र पछिल्लो दिनलाई नेपालका अधिकांश कम्युनिस्टहरुले विशेष कार्यक्रमहरु गरेर मनाउने गर्दछन्। सामान्यतः बीपी जयन्तीमा कांग्रेसले वृक्षारोपण र बिचार गोष्ठी गरेर मनाएको देखिन्छ भने पुष्पलाल जयन्तीलाई कम्युनिस्टहरुले औपचारिक सभा गरेर मनाउने गरेको देखिन्छ। 

बृक्षारोपण भनेपछि सामान्यतः सार्वजनिक जमिनमा गर्ने गरिन्छ। शहर बजारमा यस्ता सार्वजनिक स्थान थोरै छन्। इलाम बजारबाट केही तल सिंहवाहिनी भन्ने ठाउँमा अलिकति सार्वजनिक जमिन भएकाले २०४८ सालको बीपी जयन्तीमा त्यहीँ बृक्षारोपण गर्ने कार्यक्रम थियो नेपाली कांग्रेस इलाम जिल्ला कार्यसमितिको। मलाई पनि निम्ता थियो त्यस कार्यक्रममा। सयको हाराहारीमा बृक्षारोपण गरेपछि त्यहीँ श्रद्धाञ्जली सभा पनि गरियो।
त्यस सभामा मलाई पनि बोल्न दिइएको थियो। मैले त्यहाँ भनेको थिएँ– बीपी जयन्ती भनेको बीपीका बिचारलाई बुभ्mने÷बुझाउने, स्मरण गर्ने र आप्mना व्यवहार र आचरणलाई तदनुकूल चलाउने संकल्प गर्ने दिन हो। सामान्य मानिसहरु समय अनुकूल चल्दछन्। कसैका लागि पनि समय सधैं अनुकूल हुँदैन। बीपी प्रतिकूल समयलाई पनि आप्mनो पक्षमा पार्ने खालका निर्णय गरेर कार्यक्रम तय गर्नु हुन्थ्यो। त्यसको नमुना उदाहरण हो २०३३ सालको राष्ट्रिय एकता तथा मेलमिलापको नीति र तदनुरुप निर्वासन त्यागेर स्वदेश आगमन। त्यसमा ठूलो जोखिम थियो तर त्यो नीति र कार्य समयानुकूल सफल सिद्ध भयो। 

जनमत संग्रहपछिको प्रजातन्त्र दिवसमा बीपीले बृक्षारोपणको कार्यक्रम बनाउनु भयो। देशभर कांग्रेसका नेता कार्यकर्ताले बृक्षारोपण गरे। बृक्षारोपण गर्नु भनेको वनक्षेत्र बिस्तार गर्नु हो। तर बीपीले तयार गरेको त्यो कार्यक्रमको अपेक्षा वन बिस्तार होला भन्ने थिएन। जनमतलाई आप्mनातर्पm आकृष्ट गर्ने एउटा कुशल रणनीति मात्रै थियो त्यो। 

बीपीलाई थाहा थियो, पञ्च प्रशासनले कांग्रेसका नेता कार्यकर्तालाई बृक्षारोपण गर्न दिँदैन, बीचैमा कतै अवरोध सिर्जना गर्दछ। वृक्षारोपण गर्न दिए पनि पछि त्यसलाई नष्ट गर्छ। किनभने ती बिरुवा हुर्के र त्यस ठाउँले वनको रुप लियो भने त्यसलाई त मानिसले कांग्रेसी वन भन्छन्। पञ्चायती राजमा पञ्च प्रशासन कतै कांग्रेसी वन हुर्किएको हेरेर बस्न सक्छ र? त्यसैले ती रोपिएका बिरुवालाई पञ्च प्रशासनले प्रहरी लगाएर भए पनि उखेलेर प्mयाँक्छ। आम जनतालाई पञ्च प्रशासनको त्यो कार्यले चिढाउँछ। उनीहरुमा कांग्रेसप्रति सहानुभूति जाग्छ। त्यस उद्देश्यबाट बीपीले वृक्षारोपणको त्यस्तो कार्यक्रमको थालनी गर्नु भएको थियो। 

तर वन सम्पदामा अत्यन्त धनी नेपाललाई पञ्च प्रशासनले उजाड बनाएको छ। जनमत संग्रहमा वहुदललाई हराउन सरकारले ठूलो परिमाणमा वनजङ्गको विनाश ग¥यो। हाम्रो चारकोशे झाडी अब करिब करिब समाप्त हुने अवस्थामा छ। पहाडमा डाँडाकाँडा नाङ्गा भएका छन्। ‘नेपालको धन हरियो वन’ भन्ने उक्ति हाम्रा आउँदा पिँढीले सुन्न समेत पाउने छैनन्। 

त्यसैले नेपालमा बृक्षारोपण गरेर वन क्षेत्रको बिस्तार गर्नै पर्दछ। अब पञ्चायती व्यवस्था छैन, प्रजातन्त्र आएको छ र सरकारमा कांग्रेस छ। वन मन्त्रालयमा मन्त्री कांग्रेसका छन्। त्यसैले अब कांग्रेसले आप्mनो सरकारलाई, सरकारमा बसेका आप्mना मन्त्रीहरुलाई वन बिस्तारको वैज्ञानिक योजना बनाएर वन क्षेत्र बिस्तारको कार्यक्रम ल्याउन सल्लाह दिनु पर्छ, दवाव दिनु पर्छ।

बीपीका नाममा आज सार्वजनिक स्थानमा रोपेका यी बिरुवाको संरक्षण कसले गर्छ? पोहोर रोपेका बिरुवा आज कहाँ छन्? त्यसैले परिवर्तित सन्दर्भमा यसरी बृक्षारोपण गर्नुको अर्थ छैन। यसले हाम्रो समय र यतिका विरुवाको दुरुपयोग मात्रै भयो। यो त बिरालो बाँधेर श्राद्ध गरेजस्तो भयो। यसो गरेर कांग्रेसले वन बिस्तार गर्न सक्दैन। यस्ता बिषयमा कांग्रेसले शान्त दिमागले सोच्नु पर्दछ। विकास योजना तयार गरेर तदनुकूल अगाडि बढ्नु पर्दछ। सक्नुहुन्छ भने वन कार्यालयलाई भनेर हुन्छ कि कसलाई भनेर हुन्छ, यहाँ बारबेरको व्यवस्था गराउनु होस्। यिनको पनि यथासम्भव संरक्षण होस् यद्यपि यो गाह्रो छ। अन्यथा आज हामीले रोपेका बिरुवा साता दिनमा माटामा मिलेका हुनेछन्। भौतिक दृष्टिले समय, श्रम र साधनको दुरुपयोग भयो। आध्यात्मिक दृष्टिले हेर्नु हुन्छ भने त हामीलाई पाप लाग्छ यत्राविधि विरुवा नष्ट गरेकामा। 

मलाई लाग्छ, मेरो कुरा विद्यार्थी तथा तरुण साथीहरुले मन पराए। तर नेताखाल रिसाए। त्यहाँ, नेतृत्वमा रहेका साथीहरुका अरु पनि एकाध कार्यशैलीको मैले आलोचना गरेको थिएँ। भनेको थिएँ, हिजो जिल्ला पञ्चायतको सभापतिले वा नगरपालिकाको प्रधानपञ्ले जे जे गथ्र्यो त्यसैलाई निरन्तरता दिने हो भो भने त खोइ परिवर्तन? तपाईंहरुले गरेका प्रत्येक कामको परिणामलाई जनताले देख्न र अनुभूत गर्न पाएको हुनु पर्छ। तर रमाइलो के भयो भने त्यसपछिदेखि कांग्रेस मित्रहरुले आप्mना कार्यक्रममा मलाई बोलाउनै छाडिदिए। तर बीपीका नाममा कथित बृक्षारोपण हरेक बर्ष भइरहेकै सुनिन्छ।  

पुष्पलालजीको स्मृति दिवसमा त म कहिल्यै सहभागी भएको छैन। कसरी मनाइन्छ देखेको छैन। नबोलाई जाने कुरा पनि भएन। समाचारमा सभा भएको, त्यसमा नेताहरुले बोलेको जस्ता कुरा सुनिन्छ। वास्तवमा बीपीलाई या पुष्पलाललाई कांग्रेस या कम्युनिस्टले पेवा पारेर राख्नुको तुक छैन। यस्ता सर्वमान्य नेताहरुको स्मृति दिवसमा दुबै खालेले सबैखाले मानिसलाई बोलाएर सहभागी बनाउनु पर्ने हो। 

यस्ता दिनहरुलाई एक प्रकारले राष्ट्रिय एकता दिवसका रुपमा, मेलमिलाप दिवसका रुपमा मनाइनु पर्ने हो। हाम्रो देशको विकास गर्ने भनेको हामीले नै हो। त्यसका लागि हामी बीचमा, राजनीतिक दलहरुका बीचमा, हामी दलहरुमा आवद्ध नभएका सर्वसाधारण नागरिक र दलका नेता कार्यकर्ताबीचमा समेत एकता आवश्यक हुन्छ। दलहरुका बीचमा निर्वाचनताकाका तिक्ताहरु रहेका हुन सक्छन्, सधैं एक प्रकारको प्रतिस्पर्धात्मक कटुता रहेको हुन सक्दछ। त्यसैले यस्ता दिनहरुमा सबैलाई बोलाउने, बोलाएका ठाउँमा सहभागी हुने संस्कृतिको विकास गर्न आवश्यक हुन्छ। 

यसै प्रयोजनका लागि बीपीले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रमको थालनी गर्नु भएको थियो। उहाँले काठमाडौंमा यसको थालनी गर्नु भयो। अहिले पनि त्यहाँ गरिन्छ। त्यसको अनुशरण अरु एकाध दलले पनि गर्न थालेका छन्। तर, कांग्रेसका जिल्ला कमिटीहरुले, गाउँ कमिटीहरुले त्यस्तो कार्यक्रम गरेको मैले सुनेको छैन। लाग्छ तिनले त्यसको महत्वलाई आत्मसात् गर्न सकेकै छैनन्। 

यसपालि, बीपी र पुष्पलाल स्मृति दिवस डा. केसीको सत्याग्रहको समयमा प¥यो। त्यस सत्याग्रहलाई कांग्रेसले समर्थन गरेकाले नेकपा र कांग्रेसबीचको सम्बन्ध निकै कटु भएको अवस्थामा प¥यो। अघिल्लो दिन कांग्रेसले कहाँ कहाँ बीपी जयन्ती कसरी मनायो भनेर उति चर्चा भएन। तर भोलिपल्ट पुष्पलाल स्मृति दिवसमा नेकपाका अध्यक्षद्वय कांग्रेसमाथि जसरी खनिए त्यो तिनको उचाइ अनुकूल पटक्कै थिएन।

त्यहाँ, कांग्रेसलाई गालि गर्नु पर्ने सन्दर्भ थियो डा. केसीको सत्याग्रह। जनता केसीको मागका पक्षमा छन्। नेकपाका दुई अध्यक्षले आपूmहरु केसीको मागका विपक्षमा नभएको तर कांग्रेसले डा. केसीलाई बोकेको जस्तो आरोप लगाउँदै थिए। त्यसले कांग्रेसलाई ठूलो फाइदा भयो। नोक्सान नेकपालाई नै भयो। सरकारको लोकप्रियतामा ह्रास आयो। डा. केसीका माग सम्बोधन नगरी सरकारलाई सुख छैन। माग पूरा भएका दिन हुनसक्छ कांग्रेसले विजय जुलुश गर्ला। त्यसको सन्देश कस्तो जान्छ? ओली र दहाल नराम्ररी चुके। दुखद त के भने तिनले कांग्रेसलाई गालि गर्दा गर्दा पुष्पलालका बारेमा बोल्नै भ्याएनन्। पुष्पलाललाई, मूल बिषयलाई पो ओझेलमा पारियो। 

पुष्पलालले पहिलेदेखि नै बीपीसँग पञ्चायती व्यवस्था बिरुद्ध कांग्रेस र कम्युनिस्ट मिलेर संघर्ष गर्नुपर्छ भन्ने प्रस्ताव राख्दै आउनु भएको थियो। तर त्यसमा बीपीको एउटा शर्त थियो, कम्युनिस्टहरुले बहुदलीय प्रतिस्पर्धा स्वीकार्नु पर्छ। त्यस समयमा कम्युनिस्टहरु बहुदलीय प्रतिस्पर्धा स्वीकार्ने पक्षमा थिएनन्। २०४७ सालतिर आइपुग्दा युरोपबाट त्यसको थालनी भइसकेको थियो। त्यसलाई बुझेर गणेशमानले संयुक्त आन्दोलनको कुरालाई मूर्तरुप दिन निर्णायक भूमिका खेल्नु भयो। नभन्दै जनआन्दोलन सफल भयो र पञ्चायत ढल्यो। 

त्यसपछि त मदन भण्डारीले जनताको बहुदलीय जनवाद भन्ने नयाँ नीति नै ल्याए। केही अपवादलाई छाडेर सबै कम्युनिस्टले वहुदलीय प्रतिस्पर्धामा सहभागी हुन स्वीकार गरे। अब नेपालमा एकदलीय अधिनायकवादको पक्षमा कम्युनिस्ट छैनन् भन्दा फरक पर्दैन। नेपालको संविधान निर्माणमै कम्युनिस्टहरुको निर्णायक सहभागिता रह्यो। त्यसैले अब राजनीतिक पद्धतिका सम्बन्धमा कांग्रेस र कम्युनिस्टबीच मतभेद समाप्त भएको छ। उही पद्धतिभित्र सत्ताका लागि हुने प्रतिस्पर्धा त प्रजातन्त्रको मौलिकता नै हो।

मैले माथि नै उल्लेख गरें, एकताको प्रयास गर्ने नेताको स्मृति दिवसमा नेकपाका दुई अध्यक्षले कांग्रेसका प्रति जसरी वाकयुद्धको थालनी गरे त्यसले ती नेताको उचाइ नै घटाउने काम ग¥यो। प्रतिपक्षसँग दुरी बढायो। त्यसको नोक्सान प्रतिपक्षभन्दा सत्तापक्षलाई नै बढी हुने छ। लगत्तै कांग्रेस सभापति भन्दैथिए– बीपीले कम्युनिस्टसँग  नमिल्नु भनेको किन रहेछ भन्ने त म आज बुभ्mदैछु । तर देउवाको त्यो मिति गुज्रेको बुझाइ पनि सामयिक भने पक्कै होइन। (विवेचना दैनिकबाट)
    

ताजा खबर