चन्द्रागिरिमा कुमार सानु

२०७४ श्रावण २ सोमबार ११:५९:०० मा प्रकाशित

काठमाडौं,२ साउन ।  भारतका चर्चित गायक कुमार सानुले साउने संक्रान्तिको दिन चन्द्रागिरिको भ्रमण गरे। 
उनले भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान पनि गरे। । कन्सर्टका लागि नेपाल आएका ५९ वर्षिय कुमार सानुलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए। 
गायक सानुले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिँदै स्वच्छ वातावरण तथा हिमालको काखमा आउन पाउँदा धेरै खुशी भएको बताए।  

 

ताजा खबर