बिक्रम र ज्योतिको स्वरमा आयो तीज गीत

२०७५ श्रावण ४ शुक्रबार १४:५५:०० मा प्रकाशित

 काठमाडौं । यतिवेला तीज गीत सार्वजनिक हुने क्रममा छन् । यसै मेसोमा बिक्रम राना र ज्योति मगरको स्वरमा रहेको तीज गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै...’ सार्वजनिक भएको छ ।

करन न्यौपानेको शब्द–सङ्गीत, बिपिन आचार्यको एरेन्ज रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । बिक्रम राना र आरुषी मगरलाई फिचरिङ गरिएको गीतको भिडियो विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

आधा दर्जनभन्दा भन्दा गीतमा मोडलिङ गरेका विक्रमको आफ्नै स्वरमा रहेको यो तीज गीत पहिलो हो । ‘यो तीज गीतसँगै अन्य गीतहरु पनि स्रोता÷दर्शकमाझ ल्याउने तयारीमा छु’, बिक्रमले भने । 
 

ताजा खबर