सर एडमन्ड हिलारीबारे यस्तो अद्भुद खोज

२०७५ श्रावण २ बुधबार १३:१८:०० मा प्रकाशित

काठमाडौं, २ साउन । विश्वको सर्वोच्च शिखर सगरमाथामा चढ्ने पहिलो व्यक्ति सर एडमन्ड हिलारीले नेपाल आउनको लागि पासपोर्ट लिन दिएको निवेदन वेलिङटनमा भेटिएको छ ।

न्यूजिल्याण्डका करिब ७० जना विशिष्ट व्यक्तिहरुको निवेदन भेटाइएकोमा हिलारीको पनि निवेदन रहेको हो । उक्त वक्सलाई आन्तरिक मामिला विभागका कर्मचारीले राष्ट्रिय अभिलेखालयमा हस्तान्तरण गरेका थिए ।

धेरै समयअगाडिको अभिलेख भएपनि यो तथ्य हालसालै मात्र पत्ता लागेको हो । एक अनुसन्धानकर्ताले न्यूजिल्याण्ड अभिलेखालयमा आफ्नो हजुरबुवाको निवेदन छ कि भनेर हेर्ने क्रममा हिलारीको पनि निवेदन पाइएको हो ।

अभिलेखविद् रिचर्ड फोय भन्छन्, ‘ हामीले यि अभिलेख पाउने आशा गरेका थिएनौं । यो त भाग्लये मात्र पाइएको हो किनकी यस्तो अभिलेख हामीसँग छ भनेर सामग्री सुचीमा लेखिएको पनि थिएन । ’

यसरी भेटिएको सबै निवेदनमध्ये सबैभन्दा महत्वपूर्ण सन् १९५० फेब्रुअरी १६ मा सर एडमन्ड हिलारीले हस्ताक्षर गरेको हस्तलिखित पासपोर्ट निवेदन हो । उक्त निवेदनमा हिरालीले मौरीपालन पेशा रहेको उल्लेख गरेका छन्  । उनले उक्त निवेदनमा जान खोजेको देशको नामको सुचीमा बेलायत, इन्डोनेशिया, इजिप्ट, फ्रान्स, स्वीट्जरल्याण्ड र इटाली लेखेका छन् ।

उक्त पासपोर्ट बनेको ६ महिनापछि १९५१ मा ब्रिटिशको सगरमाथा अभियानको क्रममा प्रयोगमा आएको थियो ।

सर एडमन्ड हिलारीले सफलता पूर्वक सगरमाथाको आरोहण गरे पश्चात आरोहण गर्ने टोलीका अर्का सदस्य तथा उनका समकक्षी जर्ज लोयको पनि निवेदन पनि उक्त वक्समै भेटिएको छ ।

फोय भन्छन्, ‘यहि निवेदनले पाएको पासपोर्ट लिएर हिलारीको टोलीले सगरमाथाको सफल आरोहण गरेको हुनुपर्छ । त्यसकारण पनि यो अद्भुद खोज हो । ’ (एजेन्सीको सहयोगमा)

ताजा खबर