ए सरकार, हामी केमा व्यस्त हो ? 

२०७५ असार ३२ सोमबार १६:१९:०० मा प्रकाशित

यो सरकार गठन हुनुपूर्व चुनाबी नाराको रुपमा ल्याईएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को माध्यमबाट चुनाबमा बहुमत सिट सहित विजयी भएको हामीलाई थाहा छ । त्यस पछि सरकार गठन भएको पनि ठ्याक्कै ५ महिना वितिसक्यो । जनतालाई सुखी बनाउने र अनुभुत हुने गरी खासै काम भएको देखिंदैन । सरकार गठन हुनु १ वर्ष २ महिना अगाडीनै स्थानिय निर्वाचन भएर हाल महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका आदि गठन भएर त्यहाँ प्रमुख, उपप्रमुख लगायत स्थानिय प्रतिनिधि र सरकारी प्रतिनिधिहरुले जागिर खान थालेको पनि वर्ष दिन वितिसक्यो । 

काठमाण्डौको कुरा गर्नु पर्दा झण्डै साडे ३ वर्ष अगाडीको महाभूकम्पले भत्काएको एउटा धरहराको निर्माण कार्य शुरुवात भएको अवस्था पनि  छैन । त्यो रानी पोखरी हो कि के पोखरी हो, एकताका बनाउन शुरुवात हुँदै थियो भन्ने पनि सुनियो अनि क­कस्ले विरोध (मल्लकालिन अनुसार बनाउने वा हालको सरकार कालिन) भएर रोकेको भन्ने सुनिएको थियो । हाल झारपात उमारेर भद्रगोल पारेर राखेका छन् । कसैले किन नवनाएको भन्यो भने बनाउन गाह्रो छ भन्छन् । 

अव जन प्रतिनिधिले काम गर्न गाह्रो छ भन्दै कामनै अगाडी नबढाउने त? केहि दिन अगाडी महानगरपालिकाका सुरक्षाकर्मीले ७० वर्ष पार गरि सक्नु भएका एक वुद्ध जो ठेलामा चिया पकाएर जिविकोपार्जन गरिरहनु भएको थियो, उहाँकै ठेला बहादुरहरुले उठाएर लगे भन्ने सुनियो । बाटाको छेउमा २०­२५ दाना कागती विक्री गरिरहेकी दिदिको कागती उठाएर लग्यो । मकै पोलिरहेकी दिदीलाई मकै सहित उठाएर लग्यो भन्ने पनि    सुनियो । ए महानगरपालिकाका बहादुरहरु हो सक्छौ भने दैनिक काठमाण्डौको फोहर व्यवस्थापन गर । घरमा कुकुर पालेर सार्वजनिक बाटो तथा अर्काको घर अगाडी हगाउँदै हिंड्नेहरुलाई कारबाही गर । ती कुकुर समातेर लैजाउ र घरधनीलाई दुई चार चड्कन लगाएर दण्ड जरिवाना गर । खाने पानीको व्यवस्थापन गर । बाटाको खाल्डाहरु पुर्न तिर लाग । तर दुःख गरेर जिन्दगी गुजारेर बसेका बृद्धाहरुको ठेला उठाउने, जिउने कुनै आधार नभएर बाटोमा कागती, साग सव्जी, खुसार्नी बेच्न बसेका दिदी बहिनीलाई दुख दिने काम चाहिं नगरम् न हो मिल्छ भने, साह्रै मन दुख्छ हामीलाई ।  

ए ! एकाघरका सरकार र स्थानिय निकाय ! तिमीहरु आपसमा समन्वय पनि गर्दैनौ? विकासका लागि केहि योजना पनि भन्दैनौ त हामी    जनतालाई ? कि कुनै योजना छैन ? छैन भने यसो गरम् न । सर्वप्रथम काठमाडौंको ढल व्यवस्थापन गरौ । खानेपानीको पाईप सवै गाडे पश्चात बाटो कम्तिमा १०­१५ वर्ष नविग्रने गरी पीच गरौं । बाटोको दायाँबायाँ रहेको विद्युतिय पोल तथा तारवार मात्र व्यवस्थित गरौं । रानी पोखरी बनाउन नसके पानी मात्र भरेर माछा हालिदिउँ । पानी भर्न गाह्रो छ भने हाल काठमाण्डौमा वगिरहेको खोला केहि दिनका लागि त्यता सोझ्याई दिउँ । धरहरा यसै पनि लगानी लाग्ने भयो त्यसैले त्यहाँ सानो मिनी धरहरा जस्तो बनाएर यहाँ पहिला धरहरा थियो है भनेर बोर्ड राखिदिउँ । वरिपरी चाहिं सफा गरिदिउँ ।

हामी जनतालाई पुनः त्यहाँ धरहरा होस वा नहोस भन्दा पनि वरिपरीको अव्यवस्थित बातावरणले बढ्ता दुःख दिएको छ । रत्नपार्क जहाँ बसपार्क बनाएका छौ, तुरुन्तै ति कुन कुन समितिका बस हुन स्वयंलाई व्यवस्थापन गर्न भनिदिउँ ।  काठमाण्डौलाई यो भन्दा कुरुप बनाउने काम चाहिं नगरम् न हो ।  

हामी विना योजना, विना तयारी, वीना पूँजी, पुग्न खोजेको कहाँ हो ? हुन खोजेको चाहिं के हो ? हेर्दा सबै सरकारी संयन्त्र निकै व्यस्थ जस्तो देखिएको छ, तर गरेको काम भने केहि देखिँदैन् । झनै केहि काम गरेको छैन भन्यो भने हालको कम्युनिष्ट सरकारलाई बदनाम गर्न बाहिरी मुलुकहरु लागि परेका छन पो भन्छन त हो । मेरो विचारमा कोहि बाहिरी मुलुकलाई हाम्रो धुलाम्मे, हिलाम्मे, जताततै फोहरको गन्ध आउने, अव्यवस्थित देशमा कुनै स्वार्थ छ जस्तो लाग्दैन ।

होला छिमेकीले साँध मिचेको घटना अखवारमा आउने गरेका छन, तर तिमिहरु सरकारका महासयहरुले त्यस्को समाधानका लागि कस्तो भूमिका खेलेका छौ हँ ? विचरा सिमानामा बस्ने हाम्रा दाजुभाईले एक्लै लडिरहेका छन् तिनिहरुलाई सरकार भएको अनुभूती दिलाई दिँदा कसो होला? सबै बाहिरी मुलुकहरु आफ्नै देश, समाज र घर व्यवस्थित गर्न लागि परेका हुन्छन् भन्ने हेक्का राखौं । जो फुर्सदिलो हुन्छ नी, उसैले विभिन्न बहाना बनाउने, शंका गर्ने, उट्पट्याङ धारणा बनाउने आदि गर्दछन् भनिन्छ ।    
 

ताजा खबर