भारतीय अभिनेत्री पाण्डे भन्छिन– भगवान् बुद्ध नेपालमै जन्मिएका हुन्

२०७५ असार ३१ आइतबार ०६:२९:०० मा प्रकाशित

काठमाडौँ, ३१ असार । नेपाल भ्रमणमा रहेका एक भारतीय सिने कलाकार पुनम पाण्डेले भगवान् बुद्ध नेपालमा जन्मिएको बताएकी छिन् । 

रुसमा जारी विश्व कप फुटबलको अवसरमा आफना नेपाली प्रशंसकसँग बसेर विश्वकप फुटबलको अन्तिम खेल हेर्न नेपाल आएकी  बलिउड नायिका पाण्डेले शनिबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन्। 

कलाकार पाण्डेले आफू नेपालमा पहिलोपटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताउँदै भनिन्, “मेरो आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी थिएँ, ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर भन्नुभएको थियो ।” 

आमाको भनाइ स्मरण गर्दै उनले थपिन, “म पनि नेपाल आउनका लागि आतुर थिएँ, सौभाग्यवस विश्वकप फुटबलको अवसरमा आउन पाइयो, म बहुत खुसी छु ।” 

डेजाभु क्लब दरबारमार्ग काठमाडौँमा भारतीय नायिका पुनम पाण्डेले आफना प्रशंसक माझ भेटघाट गर्ने तथा विश्वकप फुटबलको फाइनले हेर्ने छन् । उनले यसपटकको विश्वकप क्रोयसियाले जितोस् भन्ने आफ्नो चाहना रहेको बताइन। 

डेजाभु क्लबका सञ्चालक केपी गैरेले कलाकार पुनम पाण्डे नेपाली समर्थकहरुबीचमा रहेर रसियामा जारी विश्वकप फुटबलको अन्तिम खेल हेर्ने चाहना राखेको जानकारी दिए । 

ताजा खबर