साहिद र आलिया बने आइफा उत्कृष्ट  

२०७४ श्रावण १ आइतबार १३:२२:०० मा प्रकाशित

मुम्बई । बलिउडको चर्चित अवार्ड ‘आइफा अवार्ड’ मा यस बर्ष ‘निरजा’ ले उत्कृष्ट फिल्मको अवार्ड हात पार्यो भने ‘उड्ता पंजाब’ फिल्मबाट साहिद कपुर र आलिया भट्टले उत्कृष्ट नायक, नायिकाको अवार्ड हात पार्न सफल भए । अमेरिकाको राजधानी न्यूयोर्कमा सम्पन्न भएको अवार्ड कार्यक्रममा बलिउड कलाकारहरुको बाक्लो उपस्थिति थियो । 
यस्तै ‘पिंक’बाट निर्देशक अनिरुद्धा रोय चौधरी उत्कृष्ट निर्देशक बन्न सफल भए भने कलाकार बरुण धवनले उत्कृष्ट ‘हाँस्य कलाकार’ को अवार्ड जिते । यस्त उत्कृष्ट सहअभिनेताको अवार्ड अनुपम खेरले जिते ।

‘निरजा’ चलचित्रबाटै शवना अज्मीले उत्कृष्ट ‘सहअभिनेत्री’को  अवार्ड जितिन् । ‘उड्ता पञ्जाब’बाट दिलजित दोसाँजले ‘उत्कृष्ट नवनायक’को अवार्ड जिते भने नायिका दिसा पटानीले ‘उत्कृष्ट नवनायिका’को अवार्ड जितिन् चलचित्र ‘एम एस धोनी’ बाट जितिन् ।

सलमान, साहिद कपुर, रितेश देशमुख, बरुण धवनदेखि कट्रिना, आलिया भट्ट लगायतका दुई दर्जन भन्दा बढी कलाकार अवार्डमा उपस्थिती जनाउनका लागि न्यूयोर्क पुगेका थिए । एजेन्सी 
 

ताजा खबर