गुडियालाई स्तनपान गराएको भन्दै अमेरिकी मोडलको आलोचना 

२०७५ असार २६ मंगलबार ०८:३८:०० मा प्रकाशित

अमेरिकी मोडल तथा अभिनेत्री क्रिसी टीगनले आफ्नो बच्चासँगै गुडियालाई पनि स्तनपान गराएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको आलोचना सुरु भएको छ । इन्स्टाग्राममा पोस्ट गरेको आफ्नो तस्वीरमा उनले बच्चासँगै छोरी लूनाको गुडीयालाई पनि स्तनपान गराइरहेकी छिन् । दुई बच्चाकी आमा उनले तस्वीर पोस्ट गर्दै उनले लेखेकी छिन्, मेरी छोरी लुना उसको गुडियालाई पनि मैले दूध खुवाउँ भन्ने चाहन्छिन, मलाई मेरा जुम्लिया बच्चा भइरहेको अनुभव भइरहेको छ । उनको यो तस्वीरलाई एकै दिन इन्स्टाग्राममा तीन लाख मानिसले मन पराएका छन् । कतिपयले उनको यो तस्वीरको आलोचना समेत गरेका छन् । 

ताजा खबर