पेस्तोल र पानीको बट्टाको साइनो
२०७४ श्रावण १ आइतबार ११:५९:००
मा प्रकाशित

मुम्बई । बलिउड कलाकार नवाजुद्दीन सिद्दीकी कुनै न कुनै कुरामा चर्चाले आइनै रहन्छन् । । हालै मुम्बईको एक सडकमा उनी अनौठो पहिरनमा देखा परे । आँखामा कालो चस्मा, शर्ट खुल्ला, लुंगी लगाएको, एउटा हातमा बन्दुक र अर्को हातमा बाथरुम जाने पानीको डब्बा बोकेर हिँडिरहेका थिए । समय समयमा उनी अरुलाई बन्दुक देखाएर तर्साउने कोशिस पनि गर्दै थिए । तर मान्छेहरु डराउनुको साटो उनको फोटो खिच्नमा व्यस्त देखिन्थे ।
यी सबै तमासा गर्नुको कारण एउटै थियो उनी ‘बाबुमोशाय बंदुकबाज’ फिल्मको ट्रेलर लंचिङको लागि यस्तो पहिरनमा देखिएका थिए । उनी रिक्शामा आफ्नो नायिका बिदिता बेगसँग सवार थिए । कृष्णनंदीको निर्देशनमा बन्न लागेको यस फिल्ममा सिद्दीकि एउटा एउटा कन्ट्याक्ट किलरका रुपमा देखिएका छन् । फिल्म २५ अगस्तमा प्रदर्शनमा आउँने बताईएको छ । एजेन्सी