बिर्तामोड, चितवन,बुटवल र पोखरामा अनमोल – प्रियंकाको कन्सर्ट हुने

२०७५ असार ११ सोमबार ११:०४:०० मा प्रकाशित

 
काठमाडौं । युवा सिनेनायक अनमोल केसी अभिनयको माध्यमबाट परोपकारमा सरिक हुन तयार भएका छन्। उनले नेत्रहीन महिलाको कल्याणमा सहयोग पुर्याउन कन्सर्ट नै आयोजना गर्न तयार भएको थाहा भएको छ। यसका लागि ‘अनमोल साँझ २०१८’ को नामबाट देशका केही शहरमा कन्सर्ट हुने भएको छ। 

कन्सर्ट आयोजक मोनिका इन्टरनेशनल ग्रुपका अनुसार आगामी भदौ ९ गते बुटवल,भदौ १६ पोखरा, भदौ २३ चितवन र भदौ २७ बिर्तामोडमा कार्यक्रम आयोजना   हुनेछ । यी चारवटै शहरमा अनमोलले निशुल्क भाग लिने छन् । 

हालै आयोजना गरिएको पत्रकार सम्मेलनमा अनमोलले पहिलोपटक आफ्ना प्रशंसकसँग प्रत्यक्ष भेट्ने अवसर पाउन लागेकोमा खुशी व्यक्त गरे । उनले भने, अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइन । यो मेरा लागि ठूलो अवसर हो । प्रशंसकसँग प्रत्यक्ष रूपमा भेट गर्न मलाई यो कार्यक्रमले ठूलो सहयोग गर्नेछ ।’ कन्सर्टमा अभिनेत्री प्रियंका कार्कीले स्टेज शेयर गर्ने छिन्।
 

ताजा खबर