नेपाल तारा बिजेता प्रताप लामा भन्छन्– ‘ यहाँ संगीतको व्यापार गरिन्छ ’

२०७४ असार ३० शुक्रबार ११:०४:०० मा प्रकाशित

संगीतमा पनि यहाँ व्यापार हुँदोरहेछ । यसको मतलब यो होइन कि व्यापारिक कारणले म बाहिरिएँ। तर धेरै ठाउँमा संगीतलाई व्यापार बनाएको मैले देखेको छु । गीत रेर्कडिङ गर्न खोज्यो पहिला धेरै पैसा मागिन्छ । यहाँ संगीतको इज्जत गरिँदैन । अहिले म किन चर्चामा आएको छु त्यहि नेपाल आईडल कै कारणले हो । नेपाल आईडलबाट बाहिरिएको चाहिँ भोटिङले गर्दा नै हो । म अरु कसैलाई दोष दिन्न । दर्शकले मलाई थोरै भोट गर्नुभयो म बाहिरिएँ । मैलै बुझेको चाहिँ यत्ति हो कि ‘मलाई नेपाल आईडलमा ल प्रतापजी तपाईको यात्रा यही आएर टुंगिन्छ भनियो’ त्यसपछि म आईडलबाट बाहिर भएको हो ।

अहिले केमा व्यस्त हुनुहुन्छ?

 मेरो लाईफ उतारचढावमा अघि बढिरहेको छ । भर्खरै नेपाल आईडलबाट बाहिर भइयो । अब अहिले एउटा म्युजिक भिडियो निकाल्ने तयारीमा छु ।

नेपाल तारा जितेको कलाकार फेरि किन नेपाल आईडलमा ?

नेपाल तारा आफंैमा ठूलो रियालिटि शो हो । नेपाल तारा जितेर मात्र त लाईफ मा पुग्दैन नि । सन् २०१५ मा मैले नेपाल तारा जितें,त्यसपछि मेरो लाईफ सकिएको त हैन नि । जिन्दगी मा धेरै गर्नु छ । त्यति प्रगतिले मात्र पुग्दैन । जिन्दगीमा अझै धेरै गर्नुछ ।

पैसा कमाउने सोचले नेपाल आईडलमा जानुभएको ?

पैसा कमाउने दाउ भएको भए यतिबेला अष्ट्रेलिया,अमेरिकामा होइन्थ्यो होला । पैसा कै लागि नेपाल आइडल किन जानुपर्यो र ! पैसाकै लागि भए नेपाल बसेर पक्कै पनि दुःख गरिँदैनथ्यो होला । पैसा नै सबै कुरा चाहिँ होइन । अहिले म यहाँसम्म पुगेको छु त्यो पैसाले मात्र होइन । त्यो मेरो फ्यानहरुको मायाले गर्दा हो ।

 एक्कासी नेपाल आईडलबाट बाहिरिनु कारण ?

हेर्नुस, संगीतमा पनि यहाँ व्यापार हुँदोरहेछ । यसको मतलब यो होइन कि व्यापारिक कारणले म बाहिरिएँ । तर धेरै ठाउँमा संगीतलाई व्यापार बनाएको मैले देखेको छु । गीत रेकर्डिङ गर्न खोज्यो पहिला धेरै पैसा मागिन्छ । यहाँ संगीतको इज्जत गरिँदैन । अहिले म किन चर्चामा आएको छु त्यहि नेपाल आईडल कै कारणले  । नेपाल आईडलबाट बाहिरिएको चाहिँ भोटिङले गर्दा नै हो । म अरु कसैलाई दोष दिन्न । दर्शकले मलाई थोरै भोट गर्नु भयो म बाहिरिएँ । मैलै बुझेको चाहिँ ‘मलाई नेपाल आईडलमा ‘ल प्रतापजी तपाईँको यात्रा यहीँ आएर टुंगिन्छ भनियो’ त्यसपछि म आईडलबाट बाहिर भएको हो ।

तपाई अयोग्य त हुनुहन्न नि फेरि किन यस्तो भयो ? 
अयोग्य भन्दा पनि संगीतको क्षेत्रमा को भन्दा को खतरा भन्ने कहिले हुँदैन । नेपाल आईडलका अन्य प्रतिस्पर्धीहरु पनि म भन्दा कम भन्न मिल्दैन । उहाँ पक्कै पनि म भन्दा खतरा पनि हुन सक्नुहुन्छ । १८ जना एकदमै राम्रो हुनुहुन्थ्यो । त्यसमा मेरो भोटिङ कम आयो । म आउट हुनुपर्यो भनेर उहाँहरुले रिजल्ट सुनाइसकेपछि मैले धेरै के कुरा गर्ने । यसमा मेरै पनि कमजोरी हुनसक्छ । यसलाई स्वाभाविक रुपमा नै लिनुपर्यो । अब कति भोट आयो भनेर देखाउने नदेखाउने भन्ने कुरा कम्पनीको अधिकारको कुरा हो । यसलाई म बिवादको विषय बनाउन चाहन्न ।

तपाईको नेपाल आईडलका जजहरुसँग भनाभन नै भएको थियो रे ?

यो एकदमै गलत कुरा हो । मिडियाहरुले यसलाई गलत ढंगले लेखेका हुन् । भनाभन भनेको मतलब झगडा परेको होइन । म आउट भएको एपिसोडमा उहाँहरुले सिधै जजको कमेन्ट पाइहाल्नु भयो अब तपाईको रिजल्ट जान्न चाहन्छौ भन्नुभएको थियो । त्यहि बिषयमा जजहरुसँग भएका कुराकानी नै हो । म आउट भईसकेपछि मलाई जजहरुले पनि कति कुरा भन्नुभयो होला । मैले पनि कति कुराहरु भने होला । त्यो भनाभन होइन । उहाँहरुले मलाई कमेन्ट गर्नुभयो । मैले पनि आफूलाई चित्त नबुझेको कुराहरुमा कमेन्ट गरें । त्यहि नै हो ।

नेपाल आईडलका जजहरुको कारण तपाईँ आउट हुनुभएको भन्ने पनि हल्ला छ नि त? 
यो एकदमै गलत कुरा हो । जजहरु सबै एकदमै राम्रो र योग्य छन् । अब त्यहाँ भित्र कस्तो हुन्छ भने हामीले टिभीमा हेर्नु र त्यहाँ बसेर लाइभ सुन्नु फरक कुरा हो । जजहरुले लाइभ सुनेर कमेन्ट गर्ने हो र हामीले टिभीमा हेरेर आलोचना गर्ने हो । यसमा आकाश जमिनको फरक छ । त्यहाँभित्र लाइभ संगीत सुन्दा, लाइभ फेस टु फेस गीत गाउँदा, अगाडि बसेर हेर्दा जजहरुलाई अर्कै खालको फरक पर्छ । जुन टिभीमा देखाउँदा नदेखिन पनि सक्छ । जजहरुको जजमेन्टसँग मलाई कुनै गुनासो छैन ।

तपाई फेरि नेपाल आईडलमा जाँदै हुनुहुन्छ रे ?

मैले पनि टिभीमा केही समय अघि देखेको हो । मलाई मेरा साथीहरुले भने कि के हो तपाइलाई आईडलमा फेरि अतिथि बनाएर बोलाउने रे । त्यसपछि मैले युटुबमा हेरें । न्ह्यू बज्राचार्य सरले म प्रतापलाई एकपटक अतिथि गायकको रुपमा ल्याउँछु भन्नु भएको रहेछ । उहाँहरुले मलाई यस्तो सम्मान दिन लाग्नु भएकोमा एकदमै खुशी लागेको छ ।

तपाई एक्कासी चर्चामा आउनुभयो नि ?

एक्कासी चर्चामा आएको छैन । यस्तो हो, मेरो गीत भन्दा पनि नाम धेरै सुनिन्छ । मैले एक दर्जन भन्दा बढि गीत गाई सकें । तर कस्तो हुँदोरहेछ भने जबसम्म हिट हँुदैन तबसम्म मान्छेले सुन्दैनन्।

गयनमा सानै देखिको रुची हो ?

होइन । खासमा मलाई यसमा कुनै रुची थिएन । धेरै दुःख भोगिसकेपछि मात्र म गायक बनेको हुँ । पढाइको सिलसिलामा काठमाडौं आइयो । सानैदेखि म गीत गाउने गर्थें । सबैले स्वर राम्रो छ भन्थे । दाइ सूर्यकिरण लामा पनि नेपाली तारा सिजन दुईको सेकेन्ड रनरअप भइसक्नुभएको थियो । उहाँ गायक भएकाले उहाँका साथीहरुसँग चिनजान भयो । दाइकै साथीमार्फत मैले दरबारमार्ग (काठमाडौं) को नर्लिङ गजल रेस्टुराँमा गाउने मौका पाएँ । घर मोरङ हो, भारतको सीमा नजिकै भएकाले हिन्दी गीत गाउन जान्दथेँ । यहाँ हिन्दी गाउनेले बढी पैसा पाउँदा रहेछन् । दाइहरुले भनेर गीत गाउन थालियो  पछि गाउँदागाउँदै समय गएको पत्तै भएन । अब राजधानीमा काम त गर्नु पर्यो । आफु टिक्नको निम्ति भएपनि रेस्टुराँमा नियमित गाउन थालें । रातभरि गाउँथे । दिनभर सुत्थे । पाँच वर्षसम्म गीत नै गाएँ । त्यसपछि नेपाली तारा सिजन–३ मा अडिसन खुलेका बेला मेरा साथीहरुले मलाई तँ पनि अडिसन दे भनेर दवाव दिन थाले । म पनि ट्राई हान्दिउँ न त भनेर गएँ, पछि त विजेता नै पो बनियो !
प्रस्तुति: सुकृत नेपाल 

 


 

ताजा खबर